७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

 ८ जेठ, चितवन । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले आज बिहान काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । बिहान साढे ९ बजे भरतपुर विमानस्थलमा पहिलोपटक अवतरण गरेको बुद्ध एयरको ७२ सिटे जहाजले दुबै साइडबाट उडान र अवतरण गरेको थियो ।

दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो ।बुद्धका पाइलटद्वय प्रमोद थापा र रवि श्रेष्ठले विमानको परीक्षण उडान गरेका थिए । क्याप्टेन थापाले परीक्षण उडानमा खासै समस्या नभएको सुनाए । २७ वर्षदेखि बुद्धमा काम गर्दै आएका थापाले भरतपुर विमानस्थलमा उडान तथा अवतरणमा असहज र जोखिम नभएको बताए । उनले परीक्षण उडानका रिपोर्टहरु बुझाउने तयारी सुरु गरिसकेको जानकारी दिए ।



नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । प्राधिकरणमा विमानहरुको रेगुलेसन तथा सुरक्षा सम्बन्धी विभागसमेत हेर्दै आएका कर्णले भरतपुरमा ७२ सिटको जहाज कसरी ल्याउन सकिन्छ भनेर परीक्षण उडान गरिएको बताए ।

Khumnath Acharya

Phasellus facilisis convallis metus, ut imperdiet augue auctor nec. Duis at velit id augue lobortis porta. Sed varius, enim accumsan aliquam tincidunt, tortor urna vulputate quam, eget finibus urna est in augue.

No comments:

Post a Comment

काठमाडौं मा आज

आज काठमाडौं मा बेलुका पख ठुलो पनि परेको ले सर्ब साधारण लाई गारो भयो।