अदालत गएका जग्गाधनी र महानगरबीच मुद्दा फिर्ता गर्ने सहमति

पोखरा बसपार्क

२५ जेठ, पोखरा । पृथ्वी राजमार्गसँगै जोडिएको पोखरा बसपार्क क्षेत्रको व्यवस्थापन प्रक्रिया अघि बढिरहेका बेला उच्च अदालत पोखरामा रिट दायर गरेका २९ जना जग्गाधनीले मुद्दा फिर्ता लिन सहमति जनाएका छन् ।

जग्गाधनी श्यामकृष्ण बास्तोला, अनुजकुमार बास्तोला, युगेनदेवी श्रेष्ठ पालिखे, भाष्करदेव पालिखे, रजनी पालिखे, देवेन्द्र कायस्थलगायतले बसपार्क क्षेत्रमा रहेका संरचना हटाउने तयारीविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

उच्च अदालतले जेठ २२ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, छलफलअघि नै जेठ २५ गते जग्गाधनी र पोखरा महानगरपालिकाबीच सहमति भएपछि रिट फिर्ता लिने समझदारी बनेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै सहमतिको जानकारी दिएका छन् ।पोखरा बसपार्कको विवाद भने नयाँ होइन । बसपार्क निर्माणका लागि २०३१ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । सरकारले दिएको मुआब्जामा चित्त नबुझेपछि केही जग्गाधनी अदालत पुगेका थिए ।

त्यसपछि सर्वोच्च अदालतको आदेशअनुसार २०६० सालमा बसपार्ककै मोहडामा पर्ने राजमार्ग छेउको क्षेत्रबाट प्रभावित जग्गाधनीलाई सट्टाभर्ना तथा क्षतिपूर्तिको व्यवस्था गरिएको थियो ।

हाल तीमध्ये केहीले राजमार्गको छेउमा रहेको जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका छन् ।

पोखरा महानगरपालिका यतिबेला बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने अभियानमा जुटेको छ ।  महानगरले बसपार्कभित्र रहेका अव्यवस्थित संरचना हटाउने, सुकुमवासी तथा भूमिहीनको व्यवस्थापन गर्ने र बसपार्कको वास्तविक क्षेत्रफल तथा स्वामित्वबारे छानबिन गर्न विभिन्न समिति गठन गरेर काम अघि बढाएको छ ।

पाँच दशकदेखि अतिक्रमण, सट्टापट्टा र अव्यवस्थित बसोबासको चपेटामा परेको बसपार्क क्षेत्रलाई पुन: व्यवस्थित गर्ने लक्ष्यसहित महानगर अघि बढिरहेको छ ।

Khumnath Acharya

Phasellus facilisis convallis metus, ut imperdiet augue auctor nec. Duis at velit id augue lobortis porta. Sed varius, enim accumsan aliquam tincidunt, tortor urna vulputate quam, eget finibus urna est in augue.

No comments:

Post a Comment

अदालत गएका जग्गाधनी र महानगरबीच मुद्दा फिर्ता गर्ने सहमति

पोखरा बसपार्क २५ जेठ, पोखरा । पृथ्वी राजमार्गसँगै जोडिएको पोखरा बसपार्क क्षेत्रको व्यवस्थापन प्रक्रिया अघि बढिरहेका बेला उच्च अदालत पोखरामा ...