जैमिनी नगरपालिका–९ पैयुथन्थापमा बाढी

 २५ असार, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गायत्री आचार्यले जानकारी दिनुभयो  । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताउनुभयो  ।


बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैयुथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।


पैयुथन्थापको खरियाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताइन् ।

खोला ले गायत्री लगायत का को धरै खेत बारी बगाउनु का साथै खोला किनारमा लगाइएको धानबालीमा पनि बाढीबाट नीकै क्षति भएको छ ।जैमिनी नगरपालिका–९, पैयुँथन्थापस्थित सराते खोलामा आएको बाढीले स्थानीय लघुजलविद्युत् आयोजना बगाएको छ । विद्युत् गृह बगेसँगै स्थानीयले विद्युत सेवा नपाउँदा फोन तथा अन्य सेवा लिन नसकेको गुनासो गरेका छन् । सराते खोलाको १२ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको विद्युत् गृहसँगै तीनवटा झोलुंगे पुल पनि बगेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

उक्त विद्युत् गृहबाट सेवा लिँदै आएका झन्डै २०० घरमा विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयले फोनसमेत गर्न नसकेको बताएका छन् । शर्माका अनुसार बाढीले स्थानीय टेकबहादुर थापाका दुई वटा गोरु बगाएको, एक दर्जन घर जोखिममा परेका, १० वटा सिँचाइ कुलो बगाएको तथा ९ सय मुरी धान फल्ने खेत बगरमा परिणत भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सडक क्षतविक्षत भएकाले जैमिनीदेखि बरेङ जाने यातायात पनि पूर्ण रूपमा ठप्प भएको छ ।नगरपालिकाले स्रोतसाधन परिचालन गरी सडक खोल्ने, पीडितलाई राहत दिने लगायतका कार्य गरिरहेको जनाएको छ । पहिरो खस्दा वडा नं. ९ कै पैयुँथन्थापदेखि राङखानीतर्फ जाने ठेउले खोलाका तीनवटा झोलुंगे पुल बगेको वडा अध्यक्ष सन्दीप थापाले जानकारी दिए । बाढीले ताराखोला गाउँपालिका–३, मलेनस्थित माछापालन पोखरी बगाएको छ। साथै, आसपासका खेत बगेका छन् भने केही घर जोखिममा परेका छन्।



Khumnath Acharya

Phasellus facilisis convallis metus, ut imperdiet augue auctor nec. Duis at velit id augue lobortis porta. Sed varius, enim accumsan aliquam tincidunt, tortor urna vulputate quam, eget finibus urna est in augue.

No comments:

Post a Comment

जैमिनी नगरपालिका–९ पैयुथन्थापमा बाढी

  २५ असार, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ...