महँगी ४.१० प्रतिशतमा सीमित, गैरखाद्य वस्तुमा कम मूल्यवृद्धि

 १० असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।

अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत देखिन्छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशतमात्र छ । अघिल्लो वर्ष साउनमा यी समूहको मुद्रास्फीति क्रमशः ८.९० र ६.६२ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थभित्र पनि तरकारीको भाउ सबैभन्दा धेरै बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता सूचकांक १९.०७ प्रतिशतले बढेको छ ।

source, online khaber

Khumnath Acharya

Phasellus facilisis convallis metus, ut imperdiet augue auctor nec. Duis at velit id augue lobortis porta. Sed varius, enim accumsan aliquam tincidunt, tortor urna vulputate quam, eget finibus urna est in augue.

No comments:

Post a Comment

काठमाडौं मा आज

आज काठमाडौं मा बेलुका पख ठुलो पनि परेको ले सर्ब साधारण लाई गारो भयो।