गभर्नर विश्वनाथ पौडेलले पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई

७ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे ।


पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए । राष्ट्र बैंकले कम नियमन गरी सुपरीवेक्षण क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए ।

Khumnath Acharya

Phasellus facilisis convallis metus, ut imperdiet augue auctor nec. Duis at velit id augue lobortis porta. Sed varius, enim accumsan aliquam tincidunt, tortor urna vulputate quam, eget finibus urna est in augue.

No comments:

Post a Comment

काठमाडौं मा आज

आज काठमाडौं मा बेलुका पख ठुलो पनि परेको ले सर्ब साधारण लाई गारो भयो।