माई मार्टले सुरु गर्‍यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

 

काठमाडौँ, माघ २४, माई मार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ। नयाँ मोबाइल एप माई मार्ट – डेलिभर्ड इन मिनेट्स मार्फत उपभोक्ताले आज अर्डर गरेका दैनिक उपभोग्य सामग्रीहरू  आजै प्राप्त गर्न सक्नेछन्।

डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर (D2C) मोडेल सञ्चालनमा ल्याएको हो। यसअघि व्यवसाय–देखि–व्यवसाय (B2B) मोडेलमार्फत सेवा दिँदै आएको माई मार्टले अब उपभोक्तामैत्री सेवा पनि थप गरेको छ।

कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी र आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्र यो सेवा सुरु गरिएको हो। मोबाइल एप, अर्डर म्यानेजमेन्ट, स्टक कन्ट्रोल र डेलिभरी सिस्टम पूर्ण रूपमा तयार भइसकेका छन्।

हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध रहेको छ भने आगामी दिनमा अन्य शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको माई मार्टका महा प्रबन्धक खुम नाथ शर्मा ले जानकारी दिनुभएको छ।

शर्मा का अनुसार माई मार्टले नेपाली उद्यमशीलता र स्वरोजगारी प्रवर्द्धन गर्ने  उद्देश्यले  स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादकलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ। स्थानीय उत्पादनलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन उत्पादकहरूसँग सहकार्य विस्तार गरिँदैछ।

यस नयाँ मोडेलमार्फत स्वरोजगारी, रोजगारी सिर्जना, डिजिटलाइज्ड स्थानीय व्यवसाय र उपभोक्तालाई छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यका साथ माई मार्ट अगाडि बढिरहेको छ। माई मार्टको मोबाइल एप हाल गुगल प्ले स्टोर एप्पल एप स्टोरमा उपलब्ध छ।

 

 

माई मार्टका बारेमा :

माईमार्ट इन्डस्ट्रिज प्रा. लि., आई.एम.ई. ग्रुप अन्तर्गतको संस्था हो। माई मार्टले २०७३ सालदेखि काठमाडौं उपत्यकामा दैनिक उपभोग्य सामग्रीको थोक कारोबार गर्दै आएको छ र हालसम्म ,००० भन्दा बढी किराना तथा ग्रोसरी पसलहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ।


“My Mart — आज अर्डर, आजै घरमा डेलिभरी।

Khumnath Acharya

Phasellus facilisis convallis metus, ut imperdiet augue auctor nec. Duis at velit id augue lobortis porta. Sed varius, enim accumsan aliquam tincidunt, tortor urna vulputate quam, eget finibus urna est in augue.

No comments:

Post a Comment

माई मार्टले सुरु गर्‍यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

  काठमाडौँ , माघ २४ , माई मार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ। नयाँ मोबाइल एप “ माई मार्...